कर्णाली नदीमा एक जना शव फेला

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–४ स्थित सल्लिसल्लाको कर्णाली नदीमा एक जना शव फेला परेको छ ।
आइतबार साढे साझ ९ बजे चंखेली गाउँपालिका–४ को देशीखोला र कर्णाली नदीको बिच ( दोभान) मा अपरिचत शव फेला परेको हो ।
चंखेली गाउँपालिका–४ का हर्के कुलाल र सुरज बिकले माछा मार्न गएको बेला लास देखेपछि प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
घटना स्थलमा प्रहरीचौकी मेल्छाम र जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक गिता प्रसाद चौधरी लगायतको टोली पुगिसकेको प्रहरी नायब उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो ।
वडा नम्बर ४ का वडाध्यक्ष पदम बहादुर शाही, प्रहरी निरिक्षक गिता प्रसाद चौधरी लगायतले लास नदीबाट निकालेर छेउमा राखेको प्रहरी नायब उपरिक्षक भट्टराईले बताउनुभयो । थप अनुसन्धानको कार्य भईरहेको प्रहरी नायब उपरिक्षक भट्टराईको भनाई छ ।