कर्णालीका समग्र समस्या समाधान गर्नुपर्नेमा सांसदहरुको जोड

सुर्खेत । कर्णाली प्रदेशका सांसदहरुले कर्णालीका समग्र समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन ।
कर्णाली प्रदेशसभाको आजको बैठकमा बोल्ने अधिकांस सांसदहरुले कर्णालीको समग्र समस्याको समाधान गर्न ढिलाई गर्न नहुनेमा जोड दिएका हुन ।
प्रदेश सभा सदस्य घनश्याम भण्डारीले वीरेन्द्रनगसँग जोडिएको कर्णाली राजमार्गमा हुने दुर्घटनाको न्यूनिकरण गर्नुपर्ने बताउनुभयो । उहाले दुर्घटना जोखिम न्युनिकरण गर्न आकाशेपुल निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।
विगतको समयमा वर्षाले पुर्याएको कर्णाली राजमार्गको सडकमा क्षति, त्यसैमा सडकमा विभिन्न भागहरु अझै पनि जोखिम र धराप बनेको बताउनुभयो ।
यस्तै, हुम्लाका प्रदेश सभा सदस्य कलबहादुर हमालले कर्णालीका विद्यार्थीले शैक्षिकसत्र सकिए पनि हालसम्म कुनै किताब नपुगेको दुखेसो गर्नुभयो ।
साथै हमालले कर्णालीको हुम्ला जिल्लामा सडकको अभाव भएको हुँदा छिटोछरितो रुपमा त्यता तिर प्रदेश र संघ सरकारको ध्यान केन्द्रीत हुन आवश्यक रहेको बताउनुभयो ।
यस्तै, प्रदेश सभा सदस्य शेरबहादुर बुढाले कर्णाली प्रदेशका अन्य जिल्ला मध्ये डोल्पा जिल्ला सबैभन्दा फरक रहेको भान महसुस भएको बताउनुभयो ।
सांसद गोमता विकले कर्णालीलाई सुनको डल्लो भनिता पनि त्यसलाई गहनाको रुपमा प्रयोग गर्नसक्नु दुःखको कुरा भएको बताउनुभयो ।
यस्तै, कर्णाली प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रमुख संचेतक रणसिंह परियारले गत भदौमा लामो सयम आएको अविरल वर्षासँगैको बाढीपहिरोले ग्रहसित भएका भौैतिक संरचनाको पुर्ननिर्माण गुर्नपर्ने माग गर्नुभयो ।
राप्रपाकी सांसद सन्तोषि शाहीले जनातको अवस्था परिवर्तन नहुनुको पछाडि व्यवस्था नै समस्या भएको बताउनुभयो ।
नेकपा एकीकृत समाजवादी पार्टीकी सांसद कल्याणि खड्काले रुकुमको चौरजाहरी र कालिकोटको सुनथराली विमानस्थल किन ओझेलमा परेका छन् भन्दै प्रश्न गर्नुभयो ।
सांसदहरुले जनताका समस्या समाधान गर्न सरकार गम्भिर हुनुपर्नेमा जोड दिएका छन । अर्को बैठक चैत १४ गते मंगलबार दिउँसो ३ बजे बस्ने गरी स्थगित गरिएको छ ।