बालअधिकारका विषयमा नमुना संसदद्वारा सरकारको ध्यानाकर्षण

सुर्खेत । कर्णालीका बालबालिकाहरुलाई संसदमा हुने क्रियाकलापका विषयमा अभ्यास नै गराइएको छ ।
संसदीय व्यवस्थालाई जानकारी दिने उदेश्यले कर्णाली प्रदेशमा बाल संसद् अभ्यास कार्यक्रम आयोजना गरि बालबालिकालाई अभ्यास गराइएको हो ।
संघीय बाल संसद् कार्यक्रम अन्तर्गत संघीय संसद् सचिवालयको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा नमूना संसद् अभ्यास कार्यक्रममा गरिएको हो ।
कर्णालीका बालबालिकाले प्रधानमन्त्री, मन्त्री, सभामुख र प्रतिपक्ष दलका सांसदको भूमिकामा राखेर अभ्यास गराइएको थियो ।
दायातर्फ नमुना सभामुख, प्रधानमन्त्री, मन्त्रीहरु र सत्ता पक्ष बसेका थिए भने बायाँ तर्फ नमुना प्रतिपक्षका सांसदहरु लहरै बसालिइएको थियो ।
बालबालिकाले देशको समसामयिक राजनैतिक घटनाक्रम, विकास निर्माण, बालबालिकाका अधिकारका क्षेत्रमा आफ्ना धारा र प्रश्न राखेका थिए भने नमुना प्रधानमन्त्री र मन्त्रीहरुले सम्बन्धित सांसदहरुले सोधेको प्रश्नको जवाफ दिएका थिए ।
उनीहरुले सदनमा कर्णालीमा रहेको बालबिवाह, कुप्रथा, विकास निर्माणका कार्यहरू, देशको समसामयिक राजनीतिक घटनाक्रम, बालअधिकारलगायतका विषयमा आआफ्ना धारणा तथा प्रश्नहरू राखेका छन ।
नमूना संसद् अभ्यास कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाका २१ विद्यालयबाट ५० जना बालबालिकाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य अमर थापा विनिता कठायत लगायत कर्णाली प्रदेशका सासंदहरुको सहभागिता रहेको थियो ।