शनिबार देशका यी स्थानमा हुने छ वर्षा

सुर्खेत, ६ साउन । शनिबार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ ।