वडा सदस्यहरु विच सिकाई उपलब्धी तथा अनुभव आदान प्रदान कार्यक्रम

सुर्खेत, ११ साउन । वीरेन्द्रनगर नगरपालिका वडा सदस्यहरु विच सिकाई उपलब्धी तथा अनुभव आदान प्रदान कार्यक्रम गरिएको छ ।
आज नगरपालिकामा अस्ट्रेलियन सरकार र द एसिया फाउन्डेसनको आर्थिक सहयोगमा संचालित स्थानिय सरकार सलिकरण कार्यक्रम अन्तरगत नगरपालिकाको आयोजनामा उक्त कार्यत्रक्रम संचालन गरिएको हो ।
दलित महिला केन्द्र नेपालको सहजिकरणमा भएको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडाका वडा सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वडा सदस्यहरुविचको सिकाई उपलब्धी, चुनौती तथा समस्या समाधान सम्वन्धी अनुभव आदान प्रदान संगै छलफल समेत गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी वडा सदस्यहरुले सिकाई उपलब्धी साटासाट गर्नु भएको थियो । कार्यक्रमा स्थानिय सरकार सवलीकरण कार्यक्रम प्रभावकारी भएको कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
जनप्रतिनिधीमा निर्वाचित भईसक्दा पनी खुलेर बोल्न नसक्ने अवस्था रहेकोमा यस कार्यक्रमले महिलाहको आत्म विश्वासमा वृद्धी भएको सहभागिहरुको भनाई रहेको थियो । वडामाा आएका हरेक अवसरहरुमा महिला जनप्रतिनिधीहरुलाई पनी समावेस गर्ने ानिको विकास भएको सहभागिहरुकोभ भनाई थियो ।
वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले यस कार्यक्रमले महिला जनप्रतिनिधीहरुको क्षमता विकासमा टेवा पुगेको बताउनुभयो । आगामी दिनमा पनी यस्ता प्रकारका कार्यक्रमहरुको आवश्यक्ता रहेको नगर प्रमुख ढकालले जिकिर गर्नुभयो ।
कार्यक्रममा द एसिया फाउन्डेसनका कर्णाली प्रदेश कार्यक्रम संयोजक बिशाल आचार्य, दलित महिला केन्द्र नेपालका सुर्खेत कार्यक्रम संयोजक धर्मा शुवेदी, दलित महिला केन्द्र नेपालकी मेन्टर सिता नेपाली लगाएको सहभागिता रहेको थियो ।