लेट्स रिड अनलाईन किताव बारे अभिमुखीकरण


सुर्खेत ०३ भदौ । वीरेन्द्रनगरमा लेट्स रिड अनलाईन किताव बारे अभिमुखीकरण गरिएको छ । आईतबार वीरेन्द्रनगरका सामुदायीक विद्यालयहरुका शिक्षकहरुलाई यस बारे अभिमुखीकरण गरिएको हो । द एसिया फाउन्डेसनले आयोजना गरेको उक्त अभिमुखीकरण कार्यक्रममा अनलाईन किताव बालबालिकाहरुको लागी महत्वपुर्ण रहेको कार्यक्रममा सहभागी शिक्षकहरुले बताएका छन् । वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडाका विद्यालयहरुको शिक्षहरुको सहभागिता रहको थियो । कार्यक्रममा शिक्षा तथा युवा खेलकुद शाखाका प्रमुख धिरेन्द्र शर्माले सवै विद्यालयहरुको ईन्टरनेटको लागी वार्षिक रुपमा नगरपालिकाले सहयोग गर्दै आएको बताउँदै यसको भरपुर प्रयोग गर्न शिक्षकहरुलाई निर्देशन दिनुभयो । कार्यक्रको सभाध्यक्ष समेत रहनु भएकी नगर प्रमुख मोहनमाया ढकालले अनलाइर्न किताबले बालबालिकाहरुको शिक्षण सिकाईमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।