स्वास्थ्य चौकी र्जबुटामा सामुदायिक अंक पत्र अभ्यास विषयक अन्तरक्रिया सम्पन्न

सुर्खेत, २१ भदौ । विरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ करेखोला मा स्थानिय स्वास्थ्य सेवा सुधारका लागि सामुदायिक अंक पत्र अभ्यास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

द यसिया फाउन्डेसन मार्फत अस्ट्रेलियन सरकारको सहयोग र बीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा सहकर्मी समाजले सञ्चालन गरेको स्थानीय शुसासन सुधारका लागि टोल विकास शसक्तिकरण कार्यक्रम अन्तगर्त स्थानिय स्वास्थ्य सेवा सुधारका लागि सामुदायिक अंक पत्र अभ्यास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

जस अन्तर्गत विरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ को स्थानिय स्वास्थ्य चौकि र्जबुटा प्रदान गर्दै आएका सेवासुविधा, आवश्यक जनशक्ति भौतिक पुर्वाधार र जरुरी यन्त्र उपकरण उपलब्धता तथा प्रयोग लगायत स्वास्थ्य चौकिले सेवा क्षेत्रमा पारेको प्रभाव बारे अंक पत्र अभ्यासका लागि तयार पारीएका १८ वटा सुचकहरु माथि सेवा ग्राहि र सेवा प्रदायकले दिएको अंक संग लक्षित अंकको समेत तुलना गदै सरोकारवालाहरु विच छलफल समेत गरीएको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रमका कतिपय सहभागिहरुले स्वास्थ चौकिले सामान्य सुविधा समेत दिन नसकेको भन्दै मलम र टिटि खोप समेत को सेवा पाउन नसकेको गुनासो ब्यक्त गर्नु भयो भने अधिकांस सहभागिहरुले स्वास्थ्य चौकिले दिने सेवासुविधामा कुनै खोट लगाउने ठाउ नरहेको प्रतिक्रिया दिनुभएको छ ।

कार्यक्रम पछी यस्तै स्वास्थ्य चौकि जर्वुटाको सेवा विस्तार तथा सुधारका लागि वडा र स्वास्थ्यले थप कार्ययोजना तयार पारी  सुधार गर्नु पर्ने पक्ष हरु लाई समेटि कार्ययोजना समेत तयार पारिएको जानकारी दिनुभयो  ।

स्वास्स्थ चौकि र्जबुटा इन्र्चाज अम्मर सुनारले आवश्यक जनशक्ति अभावका कारण प्रदान गरीने ४२ प्रकारका सेवा अन्तरगत परिवार नियोजका केहि सुविधा हरु प्रभावित भएको स्विकार गर्दै समस्या समाधानका लागि अभ्यासरत रहेको प्रतिक्रिया दिनु भयो ।

उक्त अन्तरक्रिया कार्यक्रमको सहजिकरण संस्थाका सामुदायिक प्रशिक्षण सहजकर्ता मञ्जु वलिले गर्नु भएको थियो ।

यस्तै आजनै उक्त संस्थाले विरेन्द्रनगर नगरपालिका वडा नम्बर १ मा पनि स्थानीय शुसासन सुधारका लागि टोल विकास शसक्तिकरण कार्यक्रम अन्तगर्त सामुदायिक सहयोग सम्बन्धि ३ दिने तालिमको उद्घाटन गरिको छ ।

तामिको उद्धघाटन विरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले गर्नुभएको थियो ।

तस्विर -तालिम उद्धघाटन पश्चात्त आफ्नो मन्तब्य राख्दै उपप्रमुख निलकण्ठ खनाल ।

सामुदायिक अंक पत्र अभ्यास अन्तर्गत कार्यक्रम  बिरेन्द्रनगर नगरपालिकाका १६ वटा वडा मा सम्पन्न गरीएको संस्थाले जनाएको छ ।