जनताको आवाजः योजना सक्न आर्थिक वर्षको अन्त्यमा हुने दौडधुप रोक्न बजेट समयमै आउनुपर्छ (अडियाेसहित)

सुर्खेत, २४ असार (जागरण) । विगतदेखि नै असारे विकासको आलोचना हुँदै आएको छ । तर पनि आर्थिक वर्षको अन्त्यमा रातारात विकास गर्ने र बजेट सक्ने संस्कृति नै बनेको छ । सुरुवातमा चासो नदिने र समय घर्किनै लाग्दा हतारमा विकास गर्ने प्रवृत्तिका कारण असारे विकास गुणस्तरहीन बन्दै गएको छ । यसै सन्दर्भमा रहेर हामीले आर्थिक वर्षको अन्त्यमा आएपछि मात्रै विकासे बजेट सक्ने प्रवृत्ति रोक्न के गर्नुपर्ला ? भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको तस्तै (अडियाे) ।