पावर परियोजनाको उत्कृष्ट योगदान ; बर्ष दिनमै जिवन बद्लिएको लाभग्राहिहरुको प्रतिक्रिया

सुर्खेत, ०६ मंसिर ।  जिल्लाको बराहाताल गाउँपालिकामा क्रियाशिल पावर परियोजना अन्तर्गत संञ्चालित कार्यक्रमहरुका कारण आफ्नो जिवन नै बदलिदिएको लाभग्राहि नागरीकहरुले प्रतिक्रिया दिएका छन ।

बराहाताल गाउँपालिका, सेभ द चिल्ड्रेन र समाज जागरण केन्द्र (स्याक नेपाल) द्धारा पावर रियोजना अन्तर्गत संञ्चालित कार्यक्रमहरुको बार्षिक समिक्ष कार्यक्रमका सहभागि लाभग्राहि नागरीकहरुले उक्त प्रतिक्रिया दिइएका हुन ।

पालिका सदरमुकाम कुनाथारीमा नित्या हेयर कटिङ सेन्टर संञ्चालन गरीरहनु भएका डिल बहादुर सुनारको मासिक आम्दानि ४० देखि ५० हजारको हारहारीमा रहेको उहाँको अनुभव त छदैछ तर छिमेकि समेतले पनि सहजै विश्वास गर्न थालेका सहभागिहरुको समेत प्रतिक्रिया छ । तेस्तै जिवन बदल्ने सफलताको अर्को उदाहरण बराहाताल ५ कि कविता खत्रि ,केहि बर्षअघि सम्म सामान्य घर खर्च जुटाउन समेत मुस्किल   हुने उहाँ हाल बाखा्र फार्मको संञ्चालक मात्रै नभई सहकारीको उत्कृष्ट बचत कर्तासमेत बन्न सफल भएको बताउनुहुन्छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम समाज जागरण केन्द्र (स्याक नेपाल)का वोर्ड सदस्य अकबर खानले परियोजनाका लक्षित उदेश्य प्राप्ति अत्यन्तै उपलब्धिमुलक रहेको भन्दै सम्बन्धित स्थानिय तह लक्षित समुदाय तथा योजना कार्यान्वयमा कर्तब्यनिष्ट भएर खट्ने पावर नेपालका कर्मचारी समेत लाई धन्यबाद ब्यक्त गर्नुभयो ।

सन २०२३ को वार्षिक समिक्षा प्रतिबेदनमा प्रस्तुत गर्नुहुदै पावर परियोजनाका संयोजक तेज सोनामले सञ्ंचालित कार्यक्रमहरुप्रति नागरीक हरुको अपनत्व र प्राप्त परिणमले योजना कार्यान्वयनमा थप हौसला प्रदना गरेको बताउनुभयो ।

कार्यक्रमका लागि तय गरीएको को ५५ लाख बार्षिक बजेट पुर्ण रुपमा कार्यान्वयन भएको संयोजक सोनामको दावि छ ।

परियोजनाको वार्षिक समिक्षा प्रतिबेदनमा प्रस्तुत कार्यक्रमका अध्यक्ष बराहताल गाउँपालिकाका उपाअध्यक्ष लक्ष्मि पुनमगरले पावर परियोजनाका द्धारा संञ्चालित कर्यक्रम हरु नागरीकहरुको प्रत्यक्ष जिवनसंग जोडिएका रहेकाले आगामि सहकार्यका लागि पालिकासरकार थप जिम्मेवार भएर अगाडि बढ्ने धारणा राख्नुभयो ।

वार्षिक समिक्षा प्रतिबेदन प्रस्तुत कार्यक्रममा स्थानिय जन प्रतिनिधि पालिकाकर्मचारी,पत्रकार,शिक्षक, विध्यार्थि लगाएत सरोकारवाला हरुको उल्लेख्य सहभागिता रहेको थियो

पावर परियोजनाले दावि गरेका मुलभुत उपलब्धिहरु  पढ्नुहोस 

विद्यालय छाड्ने सक्ने सम्भावना भएका दलित, जनजाती, गरीव, सिमान्तकृत समुदाय तथा पछाडिएको समुदायका वालवालिकालाई परियोजना र बराहताल गाउँपालिकाको समन्वय सहकार्यमा जम्मा ४८ विद्यार्थीलाई रु १२००० नगद तथा वैंक मार्फत सहयोग प्रदान गरिएको छ र यस सहयोगले विद्यार्थीको विद्यालय निरन्तरतामा सहयोग पुराईरहेको छ ।

कार्यक्षेत्रका ४ वटा विद्यालयका अभिभावक, स्थानिय जनप्रतिनीधि तथा शिक्षा प्रेमिको उपस्थितिमा शिक्षाको महत्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ जस्ले विद्यालयमा अभिभावको उपस्थिति वृद्धि हुनुको साथै घरमा शैक्षिक वातावरण सिर्जना गर्नमा सहयोग पुराएको छ ।

कार्यक्रम संचालन भैरहेको क्षेत्र वडा नं ५,८ र ४ वडा कार्यालयको समन्वयमा तथा सहकार्यमा वेरोजगार, विद्यालय छोडेका, गरिवीकारेखामुनी रहेका,अपांगता सिमान्तकृत तथा पछाडि पारिएका सुमदाय र परिवार अन्तरर्गत १८ देखि २४उमेर समुहका ४० (११ महिला,पुरुष १८, (अपांगता १ महिला २ पुरुष) जना युवा टनौट गरी छ दिने लगुउद्यम विकास तालिम प्रदान गरी व्यवसायी बन्नलाई प्ररीत गरिएको छ ।

लगुृउद्यम तालिम पश्चात सिप विकास तालित रोजेका १९ ( महिलाः ढ पुरुषः १० जना युवाहरुलाई बजार केन्द्रित तथा चाहानामा आधारीत घ महिने व्यवसायीक सिप विकास तालिम प्रदान गरिएको छ । तालिम प्राप्त युवाहरु परियोजनाको व्यवसाय शुरुवाती सहयोगमा आफ्नो व्यवसाय स्थापना गरी स्वरोजगार भएका छन् भने ५ जना युवाहरु तालिम प्रदायक निकायमा नै मर्यादित रोजगारी प्राप्त गरेका छन् ।

बराहताल गाउँपालिका र वीरेन्द्रनगर का ५ जना युवाहरुले ग्रामेन्टमा आधारित पोशाक निर्माण तालिम पश्चात संयुक्त रुपमा कर्णाली कपडा गार्मेन्ट उद्योग स्थापना गरी दर्ता गरिएको छ भने गार्मेन्ट मार्फत कपडोको झोला, टिसर्ट जस्ता सामाग्री उत्पादन गरी विक्रि वितरण भैरहेको छ

युवाहरुलाई व्यवसाय संचालनमा थप आर्थिक सहयोगको लागि सफलता महिला उद्यमी सहकारी संस्थामा परियोजना मार्फत थप ज्ञ लाख छण् हजार सहयोग गरी कुल द्ध,घछण्ण्ण् को ३ुम्तीकोष स्थापना गरिएको ५ भने यस वर्ष ९ ( महिलाः ८, पुरुषः१) जना युवा उद्यमीले सहकारी मार्फत द्द लाख ठछ हजार हजार ऋण प्राप्त गरी आफ्नो व्यवसायमा लागनी गर्नु भएकोछ ।

अपाङ्गता भएका युवाहरुको दैनिक जिवनमा सहजता ल्याउनको लागि परियोजना र अपांगता शसक्तिकरण केन्द्रको सहकार्यमा २ जना शारिरीक अपांगता भएका २ जना युवा उद्यमीलाई ह्वेल चियर र क्लेभर सहयोग प्रदान गरिएको छ ।किशोरीहरुमा जिवन उपयोगी सिप विकास, यौन प्रजनन् स्वास्थ अधिकार प्रवद्धन र जलवायु परिवर्तन सम्वन्धि ज्ञान सिप, धारणा विकास गर्नको लागि ४ वटा किशोरी समुह गठन गरी साप्ताहित रुपमा तालिम प्राप्त सहजकर्ता मार्फत ३९ जना किशोरीहरुले २२ हप्ता जिवन उपायोगी सिप विकास शिक्षा प्राप्त गरी आफ्नो दैनिक जिवनमा प्रयोग गरिरहेका छन् ।

किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा प्रवाहको लागि कुनाथरी स्वास्थ्य चौकि र रानीबन स्वास्थ्य चौकिका ३ ( महिलाः २,पुरुषः१) जना स्वास्थ्यकमीलाई किशोरकिशोरी यौनप्रजनन् स्वास्थ्य सम्वन्धि ५ दिने तालिम प्रदान गरिएको छ ।

बाल विवाह न्युनिकरणका लागि किशोरकिशोरी, अभिभावक विच ढिलो विवाहको महत्व विषयक अन्तरक्रियाक कार्यक्रम संचालन गरिएको छ र वाल विवाह न्युनिकरणमा साझा प्रतिवद्धता तयार गरिएको छ ।

बराहतालग गाउँपालिका, वडा नं ४ र परियोजना मार्फत शौचालय नभएको तथा प्रयोग योग्य नभएको अति विपन्न घरधुरीको पहिचान गरी ११ घरधुरीलाई शौचाल निर्माण सहयोग प्रदान गरिएको छ । जस्मा शौचालय निर्माण पश्चात ११ घरपरिवारका ३६( वालवालिकाः १६, बयस्कः २०) जना परिवार सदस्य प्रत्यक्ष रुपमा लाभान्वित भएका छन्  ।

परियोजना अन्तर्गतका कार्यक्रमहरु सन २०२६ को जुन सम्म चल्ने छन ।