द्धन्द पिडित महिलाका सवाल बारे राज्य बेखबर बन्दै गएको कर्णालीका प्रभावितहरुको गुनासो

पुस ३ सुर्खेत ।

विगत दश वर्षे शस्त्र द्धन्दका पिडित तथा प्रभावित परिवारका महिला हरुले आफ्ना सवाल बारे राज्य क्रमश बेखबर बन्दै गएको गुनासो गरेका छन ।

७५ आनैँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्र्दभमका कर्णाली प्रदेश राजधानि विरेन्द्रनगरमा आयोजित सशस्त्र द्धन्द पिडित प्रभावित महिलाहरुको सत्य, न्याय परिपुरण र आत्मसम्मानका लागि ऐक्यबद्धता कार्यक्रमका सहभागि हरुले आफ्ना सवाल बारे राज्य क्रमश बेखबर बन्दै गएको गुनासो गरेका हुन ।

द्धन्द पिडित तथा प्रभावितहरुले मुलुक शान्ति प्रकृयामा गएको १७ वर्ष पुगेपनि आफूहरुले न्याय नपाएको बताएका छन् । उनीहरुले राज्यबाट न्याय र क्षतिपूर्ति परिवार र समाजबाट मर्यादा र सम्मान नपाएको गुनासो गरे ।

सोहि कार्यक्रममा सहभागि जूम्लाको चन्दनाथ नगरपालिका १० कि निशा खनालले भन्नु भयो “द्धन्दको समयमा राज्य पक्षवाट छोरीलाई अपहरण गरी बेपत्ता बनाए अझै अत्तो पत्तो छैन आस मान्दा मान्दा यति समय बिति सक्यो,फेरी २०५८ सालमा श्रीमान पनि धोहोरो फाईटमा परि मर्नु भयो ,सरकाले अहिले सम्म न्याय र क्षतिपूतिका लागि केहि गरेको छैन ।”

शस्त्र द्धन्दकाबेला तत्कालिन राज्य पक्षबाट कुटपिटभई अहिले अशक्त जिवन विताउन विवश जुम्लाकै हरि महतले पनि आफ्ना सवाल बारे राज्य बेखबर बन्दै गएको गुनासो गर्दै भन्नु भयो “म लाई माओवादिकन लाई सहयोग अद्छे भन्यार हान्या टाउको फुटाया शरीर भरी घाउ अहिले पनि औषधि गरीरहन्छु ,सरकारले आफुलाई आख्तोमुलो र छोराछोरा लाई रोजगारको ब्यबस्था गरीद्या भया सजिलो हुनेथ्यो ।”

यता कर्णाली प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुन मन्त्रि कृष्ण बहादुर जि.सी.ले सरकारको तर्फ बाट द्धन्द प्रभावितको न्यायका सवालमा प्रदेश सरकारले धेरै काम गर्न खोजे पनि उच्च स्तरको राजनैतिक प्रतिबद्धता नहुदा असफल रहेको बताउदै कानुनि कार्यान्वयनका लागि आगामि दिनमा लागि पर्ने बताउनु भयो ।

प्रदेश सरकारका प्रवता समेत रहनु भएका मन्त्रि जि.सीले द्धन्द पिडितको सत्य, न्याय परिपुरण र आत्मसम्मानका लागि राज्यले विशेष प्राबधान राख्नु पर्नेमा जोड दिदै सरकारको तर्फवाट केहिकुरा कमि भएको स्विकार गर्नु भयो ।