भूकम्प प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्न सुझाव


सुर्खेत, २२ पुस ।
प्रतिनिधिसभा सदस्य मैनाकार्कीले भुकम्पप्रभावित क्षेत्रमामानसिक स्वास्थ्य सम्बन्धीविशेष कार्यक्रम सञ्चालनगर्न आग्रहगर्नुभएको छ ।
आइतबार कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्कीले भूकम्पपछि मानसिक स्वास्थ्य कम्जोर भएको भन्दै प्रभावित क्षेत्रमा बिशेष कार्यक्रम लागू गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभएको हो । कात्तिक १७ गते जाजरकोटको बारेकोट केन्द्र बिन्दु भएर गएको भूकम्प र त्यसपछिका पराकम्पनले प्रभावित क्षेत्रकानागरिक त्रसितभएर मानसिक रुपमाकम्जोर भएको स्थलगत अनुगमका क्रममा पाएको उहाँको भनाइ थियो ।
सिएमसी नेपालसंग समन्वयमा सामाजिक विकास मन्त्रालयले प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजना तथा भूकम्प वा विपदमा मानसिक स्वास्थ्यको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सामाजिक विकास मन्त्री खड्क बहादुर पोख्रेलले मानसिक स्वास्थ्य सम्बन्धी रणनीति कार्यान्वयनमा जोड दिने बताउनुभयो । उहाँले रणनीति कार्यान्वयनका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका रहने भन्दै त्यसका लागि स्थानीय तहले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख÷उपप्रमुख, स्वास्थ्यकर्मी लगायतले मानसिक स्वास्थ्य सम्बन्धी औषधि नपाइनु र तालिम प्राप्त जनशक्तिनहुनाले आफूहरुलाई कामगर्न कठिनाइ भएको बताएका छन् । दैलेखको नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले आफूहरुले नगरपालिका भित्रका मानसिक समस्यामा रहेका नागरिकको पहिचानगरी कामगर्दा चुनौति भोगेको सुनाउनुहुँदै मानोरोग सम्बन्धी आवश्यक औषधि र जनशक्ति पठाउनका लागि आग्रह गर्नुभयो ।


मानसिक स्वास्थ्य सम्बन्धी रणनीति निर्माण गर्ने कर्णालीप्रदेश देशकै पहिलो र हालसम्म एक्लो प्रदेश हो । अन्तरक्रियामा उपस्थित सरोकारवालाहरुले रणनीति कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।