पञ्चपुरीको सरसफाई अभियान (फोटोफिचर)

अमर विश्वकर्मा । सुर्खेत, २ चैत (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिकाकाले आफ्नो प्रथम स्थापना दिवसको अवसर पारेर बजार सरसफाई अभियान शुरु गरेको छ । नगरपालिकाले आज बाबियाचौर बजार सरसफाई गरेको हो ।

औपचारिक कार्यक्रम

त्यस अवसरमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा प्रमुख, सुरक्षा निकाय, वडा अध्यक्ष, सरकारी निकायमा कर्मचारी र उद्योग वाणिज्य संघलगायतको सहभागिता थियो ।

सडक नाटक

नगर प्रमुख उपेन्द्रबहादुर थापा र उपप्रमुख मुक्तदेवी रेग्मी पुरीको अगुवाईमा शुरु भएको बजार सरसफाई अभियानले स्वच्छ, सफा र सुन्दर बाबियाचौर बन्नेमा आफू विश्वस्त रहेको पञ्चपुरी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत बखतबहादुर खड्काले जिकिर गर्नुभयो ।

सरसफाइमा सहभागिहरु

उहाँले सरसफाई अभियानलाई हरेक नागरिकले निरन्तरता दिँदै आफ्नो फोहरको व्यवस्थापन आफैले गरे स्वच्छ, सफा र सुन्दर बाबियाचौर कार्यक्रमले सार्थकता पाउने बताउनुभयो ।

फोटो सहयोगः भद्रबहादुर थापाको फेसबुक