नेपाली क्रिकेटले यसरी पायो पहिलो पटक एकदिवसीय मान्यता

काठमाडौं, १ चैत (जागरण) । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक एक दिवसियको मान्यता पाएको छ ।
यो नेपाली क्रिकेट इतिहासमै सवैभन्दा ठूलो सफलता हो ।
जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराए सँगै नेदरल्याण्डले हङकङलाई ४४ रनले हराएपछि नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाउन सफल भएको हो ।
नेपालले अबको ४ वर्षसम्म एकदिवसीय मान्यता पाउने छ । एकदिवसीय मान्यता पाएसँगै नेपालको क्रिकेटमा आइसीसीले अहिले गर्दै आएको भन्दा ठूलो सहयोग गर्नेछ भने निरन्तर रुपमा नेपाली क्रिकेट टिमले आइसीसीले खेलाउने विभिन्न खेलहरुमा सहभागिता जनाउन पाउने छ ।
आजको खेलमा हारेको पपुवा न्यूगिनीको भने एकदिवसीय मान्यता खोसिएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेका कारण नेदरल्याण्ड्सको एकदिवसीय मान्यतामा भने प्लेअफमा पराजित भए पनि कुनै असर पर्ने छैन ।