स्याक नेपालको १७ औँ सामाजिक परिक्षण सम्पन्न


जाजरकोट, १४ फागुन । समाज जागरण केन्द्र (स्याक) नेपालको १७ औँ सामाजिक परिक्षण सम्पन्न भएको छ । सोमबार जाजरकोट जिल्लाको नगलगाड नगरपालिकामा समाजिक परिक्षण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा संस्थाले हाल संचालन गरको कार्यक्रमहरुको बारेमा सहजकर्ता त्रिभुवन बीसीले जानकारी गराउनु भएको थियो । संस्थागत प्रस्तुतिकरण राख्दै संस्थाका कार्यकारी निर्देशक टिकाराम आचार्य देशमा संघियता आएपश्चात स्थानिय तहहरुमा पुगि सामाजिक परिक्षण गर्दै आएको बताउनुभयो । हाल संस्थाले कर्णालीका ६ वटा जिल्लामा १६ वटा कार्यक्रमहरु संचालन गरिहरेको कार्यकारी निर्देशक आचार्यले जानकारी दिनुभयो ।
वडा नम्वर ७ का वडा अध्यक्ष कृष्ण बहादुर गिरीले स्याक नेपालले ल्याएका योजनाहरु समय सापेक्ष र नागरिकको लागी प्रभावकारि भएको उल्लेख गर्दै भुकम्प प्रभावितहरुका लागि आवास निर्माणका कामहरु गर्न पनी सुझाव दिनुभयो । यस्तै सेभ द चिल्ड्रेनका अनन्त बिकले संस्थाले सरकारी निकायसंगको समन्वयलाई बलियो बनाउन सुझाव दिदै, जिवन उपयोगि सिपसंगै अन्य कुरालाई पनी प्रथमिकता दिनु पर्ने बताउनुभयो । नलगाड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश भट्टराईले स्याक नेपालले भुकम्प पछी प्रभावकारी रुपमा काम गरेको, विपत वाट बच्न र विपद पछी साधारण जिवनमा फार्कीनका लागि समत्वपुर्ण काम गरेको भन्दै प्रसंसा गर्नुभयो । पुर्वाधारको क्षेत्रमा पनी लगानी गर्न सुझाव दिनुभयो । कार्यक्रममा संस्थाका प्रतिनिधी, विभिन्न सारोकारवाला निकायहरुका प्रतिनिधीका साथै वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।