कर्णाली, सुदूरपश्चिम र गण्डकीका एक,दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना

फागुन १५, काठमाण्डौ । आज गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक,दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना छ । मौसमविद् गोविन्द झाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा उच्च हिमाली क्षेत्रका एक÷दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा हुनेछ ।
आज काठमाण्डौ उपत्यका लगायत देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक÷दुई ठाउँका हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।