आज राति उच्च पहाडी केही ठाउँमा हिमपातको सम्भावना

फागुन २४,
काठमाण्डौ । अहिले देशका धेरै भू–भागको मौसम अहिले सफा रहेको छ । दिउँसो कतै कतै पहाडी भू–भागमा भने आंशिकदेखि सामान्य बदली रहने छ ।
यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी भू–भागका केही ठाउँमा आज राति हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो समय धेरै ठाउँमा बादल हटेर आकाश खुल्दै गएकाले दिउँसोको समयमा तापक्रम बढ्न थालेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।