कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको एक÷दुई ठाउँमा हल्का वर्षाको सम्भावना

फागुन २९, काठमाण्डौ । आज कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने अरु बाँकी भूभागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको पनि मौसमविद् झाले जानकारी दिनुभयो ।