आर्थिक वर्षको अन्त्यमा योजना सुरु हुँदा विकास खर्च कम

हुम्ला, १ साउन (जागरण) । आर्थिक वर्ष २०७४/७५ मा हुम्लाका स्थानीय तहमा विकास खर्च कम भएको छ । कर्मचारी अभाव, भौगालिक विकटता, जनप्रतिनिधिमा अलमल, कानुन निर्माणमा ढिलाइ, समयकै निकासा नहुनुलगायत कारण विकास खर्च कम भएको हो ।
दक्ष जनशक्तिको अभावका कारण केही योजनामा ढिलाइ भएको छ ।
सबै विकास योजना आर्थिक वर्षको अन्त्यमा मात्र सुरु गर्ने प्रवृत्ति दोहरिएकाले पनि विकास बजेट कम खर्च भएको हो । त्यहाँका अधिकांश योजना आर्थिक वर्षको अन्तिम समयमा आएर मात्र सुरु भएका थिए ।
चालुतर्फ ९५ प्रतिशत रकम खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पुँजीगततर्फ जेठ र असारमा मात्रै २५ प्रतिशत खर्च भएको छ ।