माघ ७, सुर्र्खेत । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ अर्थात आज देखि सुरु हुने भएको छ ।
गत पुस १९ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले अगामी माघ ७ गते अधिवेशन आह्वान गर्ने निर्णय गरेसंगै हिउँदे अधिवेशन आज दिउसो १ बजेको लागी आह्वान गरीएको हो ।
भोली बाट सुरु हुने अधिवेशनको सम्पुर्ण तयारी पुरा भै सकेको र बैठकको एजेण्डामा भोली बिहान ११ बजे कार्य व्यवस्था परार्मश समितीको बैठक बसी तय गरीने प्रदेश सभा सचिवालयका सुचना अधिकारी राजेन्द्र पौडेले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने, विभिन्न समितिहरुले पूर्णता पाए पश्चात दलित समुदायको सशक्तिकरण र जीवनस्तर प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई यथाशीघ्र समितिमा छलफल गरी विधेयक अगाडि बढाउने समेत जनाइएको छ ।