साढे दुई अर्ब बढीको बजेट पारित

रुकुम, १ साउन (जागरण) । रुकुम पश्चिमका ६ स्थानीय तहले आर्थिक वर्ष २०७५÷७६ का लागि साढे दुई अर्ब बढीको बजेट पास गरेका छन । गाउँ तथा नगरसभा मार्फत तीन नगर तथा तीन गाउँपालिकाले दुई अर्ब ५९ करोड ४३ लाख २७ हजारको बजेट पास गरेका हुन् ।
असार १० गतेदेखि २९ गतेसम्म चलेका गाउँ तथा नगरसभाका बजेट अधिवेशनले चालु र पुँजीगत तथा अन्य शीर्षकमा बजेट पास गरेका छन् ।
यो बजेट आर्थिक वर्ष २०७४÷०७५ का भन्दा ४६ करोड ८७ लाख ७८ हजार रुपैयाँ बढी रहेको बताइएको छ । गत आर्थिक वर्षमा जिल्लाका ६ स्थानीय तहले २ अर्ब १२ करोड ५५ लाख ४८ हजार तीन सय ५४ रुपैयाँको बजेट ल्याएका थिए । तीन नगरपालिकामा सबैभन्दा बढी बजेट मुसिकोट नगरपालिकाले पास गरेको नगरपालिकाले जनाएको छ ।