सरसफाईमा बानी परिवर्तनका लागि नयाँ औजार सार्बजनिक

सुर्खेत, २३ माघ ।
सरसफाईमा बानी परिवर्तनका लागि नयाँ औजार सार्बजनिक गरिएकाे छ ।
सबैका लागि दिगाे खानेपानी, सरसफाई तथा स्वच्छता आयाेजना (सुस्वा) परियाेजनाले बानी परिवर्तन सम्बन्धी नयाँ औजार विकास गरेकाे हाे । विकास गरिएका औजर आज एक कार्यक्रमकाबीच सार्बजनिक गरिएकाे छ । कर्णाली प्रदेशका २८ वटा पालिकामा रहेका वास यूनिटमा कार्यरत कर्मचारी लागि आयाेजित तालिकाे उद्घाटनसत्रमा आज बानी परिवर्तन सम्बन्धी औजार सार्बजनिक गरिएकाे हाे ।
उद्घाटनका क्रममा कर्णाली प्रदेश सरकारका जलस्राेत तथा उर्जा मन्त्री बिजया बुढाले कर्णाली प्रदेश सरकार सबै नागरिककाे पहुँचमा स्वच्छ खानेपानी र सरसफाईका लागि लागिरहेकाे बताउनुभयाे । सबैकाे एउटै लक्ष्य खानेपानी सरसफाईका क्षेत्रमा काम गरेर पूर्ण सरसफाईयुक्त कर्णाली बनाउने भएकाले संगसँगै अघि बढ्ने मन्त्री बुढाले प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
सुस्वा परियाेजनाका टिम लिडर मारियाे मिलानेेसीले खानेपानी सरसफाईका लागि बानी परिवर्तनसम्बन्धी बनाएका औजार सुस्वाका लागि मात्र नभई सबैले प्रयाेग गर्न सक्ने बताउनुभयाे । यी औजारकाे सरकारले अपन्वत्व लिएर सुस्वाले काम गरेका बाहेका क्षेत्रमा पनि प्रयाेग गर्न उहाँले आग्रह गर्नुभयाे ।
जलस्राेत तथा उर्जा मन्त्रालयका वास फाेकल पर्सन कमला खानले पूर्ण सरसफाई अभियानमा सरकारसंग मिलेर सुस्वाले विभिन्न कार्यक्रम गर्दै आएकाे बताउनुभयाे। बानी परिवर्तन सम्बन्धि विकास गरिएका औजारले अभियानमा थप सहयाेग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयाे ।
फेडवासन कर्णाली प्रदेशका अध्यक्ष मान बहादुर राेकायले बानी परिवर्तनसम्बन्धि विकास गरिएका औजारले सरसफाई अभियानमा महत्वपूर्ण सहयाेग पुग्ने बताउनुभयाे । सुस्वाका खानेपानी तथा सरसफाई सुशासन विज्ञ गाेविन्द राेकायले कर्णाली सरसफाई अभियानमा देशकै नेता भएकाे उल्लेख गर्दै दिगाे सरसफाईका लागि बानी परिवर्तन जरूरी हुने बताउनुभयाे । सुस्वाले त्यसमा काम गरिरहेकाे उहाकाे भनाई छ । अध्ययनबाट बानी परिवर्तन सम्बन्धि औजार विकास गरिएकाे र यी औजारलाई देशैभर प्रयाेग गरिने उहाँले बताउनुभयाे । । सुस्वाले कर्णालीका २८ वटा पालिकामा काम गर्दै आएकाे छ ।