सुर्खेत, ६ साउन (जागरण) । सुर्खेतलगायतका जिल्लामा चार वर्षदेखि त्रिपालमा बस्दै आएका बाढीपिडीतको पुनःस्थापनाका लागि कर्णाली प्रदेश सरकारले उच्च स्तरिय समिति गठन गरेको छ ।
आज बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको अध्यक्षतामा १० सदस्यीय उच्चस्तरीय बाढीपिडीत समस्या समाधानसमिति गठन गरेको हो । मन्त्री परिषदले गरेका निर्णयबारे जानकारी दिँदै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला ।
२०७१ साल साउन अन्तिम साता आएको बाढीले सुर्खेत लगायतका जिल्लामा सयौँ परिवार विस्थापित भएका थिए । उनीहरु अहिले पनि त्रिपालमुनि बस्दै आएका छन् ।
यस्तैै आज बसेको बैठकले प्रदेश सरकारको आफ्नै लोगो निर्माण गर्ने निर्णय पनि पारित गरेको छ । वैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सार्वजनिक खरिद ऐनको मस्यौदा तयारका लागि शैद्धान्तिक सहमति दिने निर्णय गरेको समेत मन्त्री ज्वालाले जानकारी दिनुभयो ।