यस्ताे छ कर्णालीकाे आगामी तीन दिनकाे माैसम पूर्वानुमान

सुर्खेत १६ असार ।

आज दिउँसाे कर्णाली प्रदेशका धेरैजसो ठाउँमा बादल लाग्ने छ ।
पहाडी भू भागका धेरै स्थानहरू र बाँकी भू भागमा मेघगर्जन र चट्याङ सहित सामान्य देखि मध्यम खालको पानी पर्ने सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका थोरै ठाउँहरुमा हल्का देखि मध्यम पानी पर्ने र केही ठाउँमा हिउँ पर्ने सम्भावना रहेको छ।
आज राती भने पनि बादल लाग्ने र केही ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ।
भोली असार १७ र पर्सी १८ गते पनि प्रदेशका विभिन्न ठाउँमा बादल लाग्ने र हल्कादेखि मध्यमखालकाे पानी पर्ने सम्भावना रहेका जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुन सक्रिय रहेकाले प्रदेशभित्र रहेका विभिन्न नदिमा पानीको सतह बढ्ने, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले उच्च सावधानी अपनाउन समेत विभागले सुझाव दिएको छ । मनसुनले गर्दा स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक पूर्वतयारी गर्ने र सतर्कता अपनाउन समेत जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।