देशका धेरै ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

साउन २६, काठमाण्डौ । आज देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकीको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको एक÷दुई ठाँउमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै पहाडी भू–भागका धेरै ठाउँहरुमा र मधेश प्रदेशलगायतका तराई भू–भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।
यस्तै राति कोशी प्रदेशको पहाडी भू–भाग तथा मधेश प्रदेशसहित कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागकाका धेरै ठाउँहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज बिहान कञ्चनपुर, बर्दिया, र सर्लाहीमा ठूलो पानी परेको छ ।