सुर्खेत, ३ चैत (जागरण) । संयुक्त व्यवसायी संघ सुर्खेतले आगामी वैशाखमा हुने सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा भाग लिने वा नलिने विषयको टुंगो लगाउन तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।
आज वीरेन्द्रनगरमा सम्पन्न संयुक्त व्यवसायीहरुको भेलाले उद्योग वाणिज्य संघको निर्वाचनमा कसरी जाने भन्ने विषयमा छलफल गर्न कलाधर उपाध्याय (केदार) संयोजक रहने गरी तिन सदस्यीय वार्ता टोलि गठन गरेको हो ।
वार्ता टोलिले उद्योग वाणिज्य संघको विधान संशोधन, गैर व्यवसायीहरुको छानविन र त्यस पछि सदस्यता नविकरण गरे मात्र निर्वाचनमा सहभागि हुने गरी छलफल चलाउने छ ।
आफ्ना माग संघले सम्बोधन नगरेमा सुर्खेत च्याम्बर अफ कमर्स दर्ता गरेर प्रतिष्पर्धी संस्थाको रुपमा अघि बढाउने संयुक्त व्यवसायि संघका संयोजक विष्णु बहादुर शाहीले बताउनु भयो ।
सुर्खेत उद्योग वाणिज्य संघमा अहिले नेपाली कांग्रेस निकट व्यवसायीहरुले नेतृत्व गरिरहेका छन् । कांग्रेस बाहेकका दल निकट व्यापारीहरुले भने संयुक्त व्यवसायी संघ गठन गरेर गतिविधी संचालन गरिरहेका छन् ।