लोक सेवा सहयोगी कार्यक्रम बनाउन कर्णाली प्रदेश र स्थानीय सरकारलाई अध्यक्ष रेग्मीको सुझाव


सुर्खेत ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले असमानहरुबीच एउटै किसिमको प्रतिस्पर्धा गराउन असमानता हुने भन्दै लोकसेवा आयोगबाट लिइने परीक्षामा उत्तिर्ण गराउनका लागि कर्णालीका विधार्थीहरुका लागि प्रदेश र स्थानीय सरकारले विशेष कार्यक्रम बनाउनुपर्ने बताउनुभएको छ ।
आज सुर्खेतको वीरेन्द्रनगरमा लोक सेवा आयोगले आफ्नो हीरक जयन्ती वर्ष २०८२ को अवसर पारेर आयोजना गरेको ‘विद्यार्थीमाझ लोक सेवा आयोग’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले कर्णालीको शैक्षिक अवस्था, सुविधा लगायतका आधारमा काठमाण्डौँसँग प्रतिस्पर्धा गर्न निकै मेहनत गर्नुपर्ने अवस्था औँल्याउदै लोकसेवामा लाग्न चाहाने विधार्थीको वितृमार्गशन लगायतका प्रदेश र स्थानीय सरकारले लगानी गर्न आवश्यक रहेको बताउनुभएको हो । यधपि अहिले समग्रमा कर्णाली प्रदेशका दैलेख,सुर्खेत, जाजरकोट, रुकुम लगायतका जिल्लाको उत्र्तिण दर राम्रै रहेको भएपनि अझै यसलाई बढाउन तर्फ लाग्न स्थानीय र प्रदेश सरकारलाई अध्यक्ष रेग्मीले सुझाव दिनुभयो ।
अध्यक्ष रेग्मीले विदेश जाने कुरालाई प्राथमिकतामा नराखी स्वदेशमै बसेर सरकारी सेवामा योगदान गर्न युवालाई आव्हान गरेका पनि गर्नुभएको छ ।
आयोगको तथ्यांक अनुसार अनुसार कर्णाली प्रदेशका दैलेख, सुर्खेत, जुम्ला रुकुम पश्चिम, जाजरकोट, सल्यानलगायतका युवाहरुको समेत लोक सेवा आयोगमा उच्च सहभागिता रहेको छ । नेपालको सबैभन्दा पुरानो संवैधानिक निकाय लोकसेवा आयोग रहेको चर्चा गर्दै अध्यक्ष रेग्मीले सबैको मन जित्ने संस्थाको रुपमा यसको गौरव बनाई राख्न अझै विश्वसनीयता बढाउनुपर्ने दायित्व रहेको औल्याउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले अध्ययन सकेर लोकसेवाको तयारीमा रहेका विद्यार्थीहरुलाई राष्ट्रको सेवा गर्ने अवसरलाई सदुपयोग गर्न आग्रह गर्नुभयो ।
सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले निष्पक्षता, पारदर्शीता नै लोकसेवा आयोगको विश्वसनीयता भएकाले यसको साख जोगाई राख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कर्णालकिा विभिन्न जिल्लाका कक्षा ११ र १२ र सो भन्दा माथिल्लो कक्षा अध्ययनरत करिब एक सय जना युवा विद्यार्थीहरुको सहभागिता रहेको आयोगको सुर्खेत कार्यालयका सह–सचिव आन्नद पौडेलले जानकारी दिनुभयो ।