
सुर्खेत ।
खानेपानी, सरसफाई तथा स्वच्छतासँग सम्बन्धित सामानहरु ट्वाइलेटको प्यान तथा फिटिङका सामान किन्न सुर्खेत, नेपालगञ्ज तथा जिल्ला सदरमुकाम नै धाउनुपर्ने कर्णालीका दुर्गम गाउँका नागरिकको बाध्यता विस्तारै हट्दै गएको छ ।
खानेपानी, सरसफाई तथा स्वच्छताका लागि आवश्यक सामग्री विक्री गर्ने वास मार्ट कर्णालीका गाउँगाउँमा खुल्न थालेपछि जिल्ला सदरमुकाम र बाहिर जिल्ला जानुपर्ने बाध्यता हटेको हो । सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) को पहलमा पहिलो पटक कर्णालीका विभिन्न जिल्लामा वास मार्टहरु प्रवद्र्धन गरिएको छ । खानेपानी तथा सरसफाई सम्बन्धि आवश्यक सामग्री विक्री गर्ने विक्रेताहरुलाई वास मार्टको अवधारणमा व्यापार प्रवद्र्धन गरिएको हो ।
कर्णाली प्रदेशका सबै जिल्लाका मुख्य मुख्य बजार क्षेत्रमा खानेपानी, सरसफाई तथा स्वच्छताका सामग्री नागरिकले सहज रुपमा प्राप्त गर्न सकून भन्ने उद्देश्यले विक्री वितरकहरुलाई प्रोत्सहान गरिएको सुस्वाका सरसफाई तथा स्वच्छता विज्ञ गोविन्द रोकायले बताउनुभयो ।
वास मार्ट मार्फत सुस्वाले निजी क्षेत्रलाई पनि खानेपानी, सरसफाई र स्वच्छताको अभियानमा जोड्ने काम गरेको र यसले गर्दा गाउँ गाउँमा नागरिकलाई सहजता भएको सरसफाई तथा स्वच्छता विज्ञ रोकायको भनाई छ ।
यसै अन्तर्गत मंगलबार वीरेन्द्रनगरमा संस्थागत वास मार्टको माध्यामबाट कर्णालीमा सुदृढ सरसफाई श्रृंखला सिकाई तथा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा वासमार्ट संचालक, खानेपानी सरसफाई स्वच्छताका सामान विक्रेता कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सुस्वा र नेष्ट टे«डर्स नेपालगञ्जको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा सफाईसँग सम्बन्धित विभिन्न सामानहरुको प्रदर्शनी समेत गरिएको थियो ।
कर्णालीका गाउँ गाउँमा खानेपानी सरसफाई तथा स्वच्छताका सामान पु¥याएर वास मार्टले सरसफाई प्रवद्र्धन अभियानमा महत्वपूर्ण सहयोग पु¥याएको सुस्वा कार्यक्रममा डेपुटी निर्देशक मान बहादुर वि.क.ले बताउनुभयो ।
साटो ब्राण्डका आधिकारिक विक्रेता नेष्ट ट्रेडर्सका सञ्चालक दिपेन्द्र सिंहले गुणस्तरीय, टिकाउ, ढुवानीमा सहज भएकाले साटोका उत्पादनहरु सहजरदेखि गाउँ सबैका लागि उपयोगी रहेको दाबि गर्नुभयो ।
सानो बजार तथा ढुवानी लगायतका समस्याले खानेपानी सरसफाईका लागि आवश्यक सामाग्री विक्री गर्न आकर्षण असहज भएपनि पछिल्लो समय सुस्वाको सहजिकरणपछि ती सामाग्री विक्री गर्न थालेको वास मार्ट संचालकहरुले बताएका छन् । विगतमा विक्री गर्दै आएका व्यापारीहरुले पनि सुस्वाको सहजिकरणले उत्पादक, उपभोक्ता र व्यापारीलाई जोड्ने काम गरेपछि सहज भएको बताउनुभयो ।
अनुभव आदान प्रदान कार्यक्रममा गत एक बर्षमा खानेपानी सरसफाईका सामग्री विक्री गर्ने उत्कृष्ठ वास मार्ट सञ्चालकहरुलाई पुरस्कृत समेत गरिएको छ ।

