अपांगता सम्बन्धी विद्येक सरकारले अगाडी नबढाए गैरसरकारी विद्येश ल्याउने सामाजिक विकास समितिका सभापतिको भनाई

सुर्खेत १५ मंसिसर ।

अपांगता भएका व्यक्तिहरुको ३४ ओँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमबार वीरेन्द्रनगरमा आयोजित संवाद कार्यक्रममा सभापति खत्रीले यस बर्षको हिउँदे अधिवेशनमा प्रदेश सरकारले अपांगता भएका व्यक्ति सम्बन्धीको विद्येक नल्याए गैरसरकारी विद्येयक ल्याउने बताउनुभएको हो । राष्ट्रिय अपांग महासघको अगुवाईमा यसअघि नै उक्त विद्येक ड्राफ्ट गरेर प्रदेश सरकारलाई बुझाइएको थियो । तर सरकारले हालसम्म विद्येक प्रदेशसभामा लगेको छैन ।

प्रदेशसभाको सामाजिक विकास समितिका सभापति खत्रीले अपांगता भएका व्यक्तिहरुको हितका लागि कानुन बनाउने विषयमा सामाजिक विकास समितिमा पनि छलफल र प्रदेश सरकारलाई पनि विद्येक अगाडी बढाउन भनिएको जानकारी गराउनुभयो । अपांगमैत्री भौतिक संरचना निर्माण गर्न तथा अपांगता भएका व्यक्तिहरुका लागि आश्यक योजना कार्यक्रम निर्माणका विषयमा प्रदेशसभामा प्रभाकारी रुपमा आवाज उठाउने पनि उहाँले प्रतिवद्धता समेत जनाउनुभएको छ ।  कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले प्रदेशको दोस्रो पञ्च बर्षिय योजना लगायत नीति नियममा अपांगता भएका व्यक्तिहरुको विषयमा नीतिगत व्यवस्था गरिएको भन्दै त्यसको कार्यान्वयनका लागि सबैले आ आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउनुभयो । योजना छनौट गर्दा अपांगताका क्षेत्रका योजना कार्यक्रमलाई प्रात्साहान गरिकएको भन्दै योगीले कार्यान्वयनको सुनिश्चितताका लागि भने पैरवी गरिरहनुपर्ने बताउनुभयो ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले वीरेन्द्रनरबा निर्माण हुने संरचना अपांगतमैत्री बनाउने नीति लिएको जानकारी गराउँदै नगरपालिकाले जेड्सी सम्बन्धी नीति पनि निर्माण गरेको जानकारी गराउनुभयो । सामाजिक सुरक्षाका हिसाबले आय आर्जन ओषधि उपचारका क्षेत्रमा वीरेन्द्रनगरले अपांगता भएका व्यक्तिहरुलाई सहयोग गर्दै आएको उपप्रमुख खनाले बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशका निमित्त कार्यालय प्रमुख मान बहादुर कार्कीले अपांगता भएका व्यक्तिहरुका लागि संविधानमा सुनिश्चित गरिएका विषय पूरा गर्नका लागि सम्बन्धित निकायहरु जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । अपांग महिला महिला समाज सुर्खेतका अध्यक्ष संगीता बराल मगरले अपांगता भएका व्यक्तिहरुले वहुआयामिक समस्याहरु भोग्दै आएको बताउँदै तीन तहका सरकारले उनीहरुको सामाजिक सुरक्षामा विशेष ध्यान आवश्यक रहेको बताउनुभयो ।

अपांगता भएका व्यक्तिहरुको ३४ ओँ अन्तर्राष्ट्रिय दिवसको यस बर्षको नारा “अपांगता समावेशी समाजको प्रबर्द्धन :  सामाजिक उन्नतीको संवर्द्धन” भन्ने रहेको छ । दिवसका अवसरमा अपांग महिला समाज सुर्खेतले स्थानीय सरकारमा सामाजिक सुरक्षा सेवा प्रवाहमा अपांगता र लैंगिक उत्तरदायी सम्बन्धी कचहरी तथा संवाद कार्यक्रमको आयोजना गरेको थियो । संवाद कार्यक्रमको सहजिकरण पत्रकार गोविन्द खत्रीले गर्नुभएको थियो ।