जनकपुरको पहिलो जित, चितवनको तेस्रो हार

मंसिर १६, काठमाडौं । अनिलकुमार शाह र माज सदाकतको अर्धशतकीय पारीसहित जनकपुरले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको हो ।
जनकपुर बा्ल्ट्सले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।
चितवनले दिएको १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.३ ओभरमा ४ विकेटको क्षतिमा १८० रनसहित लक्ष्य पूरा गरेको हो ।
त्यसअघि, ब्याटिङ गरेको चितवनका लागि डेविड मलानले सर्वाधिक ८० रन बनाए । उनले ५४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।
चितवन र जनकपुर बोल्ट्स दुवैको यो पाँचौं खेल हो । जनकपुर बोल्ट्सले ४ खेल खेलिसक्दा हालसम्म जित निकाल्न सकेको छैन । जनकपुरले पहिलो खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेटले हार बेहोरेको थियो ।
विराटनगर किंग्ससँग ९ रनले, तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रन र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो ।
यस्तै, आजको दोस्रो खेल पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच हुनेछ ।