
मंसिर १६, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको २१ औँ लिग खेलमा कर्णाली याक्सले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ ।
त्रिवि क्रिकेट मैदानमा मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पोखरा एभेन्जर्सलाई ब्याटिङको निम्तो दिएका हुन् ।
कर्णाली याक्सको यो छैटौँ खेल हो। पोखरा एभेन्जर्सको यो पाँचौँ खेल हो । पोखराले ४ खेलमा ३ हार र १ जित दर्ता गरेको छ । पोखराले पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनले हार बेहोरेको थियो । दोस्रो खेलमा सुदूरपश्चिमसँग १८ रनले हार बेहोर्यो। तेस्रो खेलमा पोखराले जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गरेको थियो ।
कर्णालीले ५ खेलमा ४ हार र १ जित दर्ता गरेको छ। पहिलो खेलमा कर्णाली चितवन राइनोजसँग ४ विकेटले हार बेहोरेको थियो। लुम्बिनी लायन्सलाई ९ विकेटले हराएको थियो ।
तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रन, चौथो खेलमा विराटनगर किंग्ससँग ३ विकेट र पाँचौँ खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो ।
