भानु इन्टरप्राइद्धारा पौष १३ देखि १८ सम्म टिभिएस स्मार्ट एक्सचेञ्ज अफर

पौष १४,सुर्खेत। भानु इन्टरप्राइजेज, सुर्खेतले टिभिएस स्मार्ट एक्सचेञ्ज अफर सार्वजनिक गरेको छ।

सुर्खेतको वीरेन्द्रनगर–४, यरीचोकमा अवस्थित उक्त इन्टरप्राइजेजले यही पौष १३ गतेदेखि १८ गतेसम्म विशेष एक्सचेञ्ज योजना सञ्चालन गर्ने जनाएको छ।

यस अफरअन्तर्गत जुसुकै कम्पनीको पुरानो मोटरसाइकल साटेर नयाँ टिभिएस मोटरसाइकल खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
कम्पनीका अनुसार ग्राहकले आफ्नो पुरानो सवारी साधनको न्यूनतम मूल्याङ्कन रु. ३० हजारसम्म, भ्यालु एडिसनमा रु.१० हजारसम्म तथा क्यास डिस्काउन्टमा  ८ हजारसम्मको सुविधा प्राप्त गर्न सक्ने जनाएको छ ।

त्यसैगरी, फाइनान्समार्फत मोटरसाइकल खरिद गर्न चाहने ग्राहकका लागि नागरिकता मात्र भए पुग्ने व्यवस्था गरिएको छ। अफर अन्तर्गत फ्रि एससरिजका रूपमा ज्याकेट, हेल्मेट तथा बाइक कभर समेत उपलब्ध गराइने कम्पनी का म्यानेजर राजन वलीले जानकारी दिनुभयो ।

टिभिएस स्मार्ट एक्सचेञ्ज सम्बन्धी थप जानकारीका लागि ९८०१३५५८८४ नम्बरमा सम्पर्क गर्न भानु इन्टरप्राइजेजले अनुरोध गरेको छ।