
फागुन ११, सुर्खेत । आज कर्णाली सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा सहित हिउँ पर्ने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा पनि हल्का वर्षा संगै हिउँ पर्नेे सम्भावना रहेको छ ।
बाँकि भुभागमा मौसम सफा रहने छ । यस्तै तराई भू–भागका केही स्थानहरूमा बिहानको समय हुस्सु लागेपनि दिउँसो भने मौसम सफारहने जल तथा मौसम विज्ञान विभाग ,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
