
फागुन २० सुर्खेत । भोलि बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णालीमा ८ हजार ६ सय ३५ कर्मचारी र १८ हजार ५ सय २८ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रदेशका १२ निर्वाचन क्षेत्रमा रहेका १० लाख ३७ हजार २ सय ५० मतदाताका लागि ९ सय ४१ मतदान स्थल र १ हजार ४ सय ३७ मतदान केन्द्र तोकिएका छन् । सबै मतदान केन्द्रमा कर्मचारी र आवश्यक सामग्री पुगिसकेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
सडक सुविधा पुगेका स्थानमा स्थलमार्गबाट र हुम्ला–डोल्पाका २४ दुर्गम केन्द्रमा हेलिकप्टरमार्फत सामग्री पठाइएको छ ।
सुरक्षा मूल्यांकनअनुसार ४ सय ४१ केन्द्र अति संवेदनशील, ६ सय ५१ संवेदनशील र ३ सय १ सामान्य श्रेणीमा राखिएको छ । हालसम्म अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
