
फागुन २०,सुर्खेत । कालिकोटमा भीरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।
कालिकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नम्बर २ धमालीकी ३३ वर्षीया सिध्दा विश्वकर्माको भीरबाट लडेर मृत्यु भएको हो ।
मंगलबार हिजो घाँस काट्ने क्रममा स्थानीय चौरामाडु हुमान्ना डाँडा भीरबाट लडेर सक्त घाइते हुनुभएकी विश्वकर्माको घर नपुर्याउँदै बाटोमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताउनु ।
पचाल झरना ५ बाझकोट माइती घर भएकी विश्वकर्माका चार छोराछोरी छन् । कालिकोटमा भिरबाट लडेर बर्सेनि ५०र६० जनाले ज्यान गुमाउने गरेको प्रहरीले जनाएको छ ।
