कर्णाली प्रदेशका १२ मध्ये ११ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, मुगुमा भने मतगणना जारी

फागुन २४, सुर्खेत । कर्णाली प्रदेशका १२ मध्ये ११ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।
जस अन्र्तगत सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८ सय ९७ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवविक्रम शाही ले १८ हजार ८ सय ९० मत प्राप्त गर्नुभएको छ ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेशकुमार साप्कोटा ३० हजार ३ सय ७८ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण कोइराला ले १५ हजार २ सय ७३ मत प्राप्त गर्नुभएको छ ।
दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वासना थापा १२ हजार ३ सय ७२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रविन्द्रराज शर्मा ले ११ हजार ७ सय ९६ मत प्राप्त गर्नुभएको छ ।
दैलेख निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल १३ हजार ८ सय ८९ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिक्पालकुमार शाही ले ६ हजार ७ सय ९७ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका बखतबहादुर शाही तेस्रो स्थानमा रहनुभएको छ।
कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही ११ हजार ३ सय ३८ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नगिन्द्रबहादुर शाही ले १० हजार ३ सय ५२ मत प्राप्त गर्नुभएको छ ।
जाजरकोटमा नेपाली कांग्रेसका खडकबहादुर बुढा २० हजार १ सय ४२ मतसहित विजयी हुनुभएको छ । उहाँले नेकपा माओवादी केन्द्रका शक्ति बहादुर बस्नेत लाई पराजित गर्नुभएको हो ।
रुकुम पश्चिममा गोपाल शर्मा राजु केसी लाई पराजित गर्दै विजयी ४ अजार ९ सय ४८ मतान्तरले विजयी हुनुभएको छ ।
जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही १४ हजार ८ सय १६ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरेश भण्डारी ले ११ हजार ६ सय ३५ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी नेपाली कांग्रेसका दिपबहादुर शाही ले ७ हजार १ सय ४३ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका शान्तिलाल महत ले ४ हजार ५ सय १८ मत प्राप्त गर्नुभएको छ । जुम्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विनिता कठायत सहितका उम्मेदवारको जमानत जफत भएको छ ।
यसैबीच सल्यानमा पनि नेपाली कम्युनिष्ट पार्टि का रमेशकुमार मल्ल विजयी हुनु भएको छ । उहाँले नेपाल्ी कांग्रेसका ललित कुमार चन्द लाई पराजित गर्नु भएको हो ।
डोल्पामा नेपाली कम्युनिष्ट पार्टिका धन बहादुर विष्ट विजयी हुनुभएको छ । विष्ट संग नेपाली कम्युनिष्ट पार्टिका उम्मेदार दिपेन्द्र रोकाय पराजित हुनुभएको छ ।
हुम्लामा नेपाली कांग्रेसका जयपति रोकाय विजयी हुनुभएको छ । मुगु जिल्लामा भने मतगणना कार्य जारी रहेको निर्वाचन अधिकारीहरूले जनाएका छन् ।
मुगुमा भने मत गणना कार्य जारी रहेको छ त्यहाँको ताजा नतिजा अनुसार नेकपा एमालेका उम्मेदार पुर्ण बहादुर रोकायले ४ हजार ४ सय ६ मतका साथ सुरुवाति अग्रता लिइरहनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका उम्मेदार खड्क शाहिले पछ्याईरहनु भएको छ ।