वर्षाकाे भेलले विद्यालयकाे १ सय ७५ थान तारजाली बगायो

वुद्धि पुन, रेडियो राप्ती
सल्यान, २० साउन (जागरण) । अबिरल बर्षा सँगै आएको पहिरोले सल्यानको एक बिद्यालयको मैदान बगाएको छ । जिल्लाको कपुरकोट गाउँपालिका ३ मा रहेको कालिका माध्यमिक विद्यालयमा तारजालि लगाएर निर्माण गरिएको मैदान बगाएको समाचार रेडियो राप्ती सल्यानले जनाएको छ ।
विद्यालयमा मैदान निर्माण गर्दा लगाइएको तालजालि मध्ये १ सय ७५ थान जालि बगाएको विद्यालयले जनाएको छ ।
आज ठुलो संख्यामा तारजाली वर्षासंगै भत्कीएर गएपछि फिल्डमा पूर्ण रुपमा क्षती पुगेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रुद्रविर कवँरले जानकारी दिनुभयो ।
विद्यालयको फिल्ड सहित भत्कीएर गएका जालिले जागेश्वर गिरीको सुन्तला बगैचा र माधव गिरीको टिमुर खेतीमा समेत नोक्सानी गरेको छ ।