दैलेख, २२ साउन (जागरण) । दैलेखमा एचआइभी सक्रमित महिलाहरु आर्थिक समस्यामा परेका छन् । एचआइभीका कारण श्रीमान गुमाएका महिलाहरुलाई आफ्नो स्वास्थ्यसंगै छोराछोरीको लालनपालन र घर चलाउन समस्या परेको हो ।
श्रीमान गुमाएका ५२ जना एचआइभी सक्रिमित महिलाहरु समस्यामा परेका हुन । जिल्लाको आठविस नगरपालिकाले औषधि, पोसिलो आहार र पोषणका लागि मासिक पाँच सय भत्ता उपलब्ध गराउँदै आएको छ ।
दैलेखका एचआइभीको उच्च जोखिमा तीन नगरपालिकाल रहेका छन् । आठबीस नगरपालिका, नारायण नगरपालिका र दुल्लु नगरपालिका रहेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ ।