सामुदायीक बिद्यालयमा कार्यरत अस्थायी कर्मचारी आन्दोलित

कालिकाेट, २५ साउन (जागरण) । कालिकोटका सबै तहका सामुदायीक बिद्यालयमा कार्यरत अस्थायी कर्मचारीहरु आन्दोलित भएका छन् । सरकारले श्रेणी बिहिन कर्मचारीले पाउने सेवा सुविधाहरु नदिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
नेपाल बिद्यालय कर्मचारी परिषद कालिकोटका अध्यक्ष ललित शाहीको नेतृत्वमा कर्मचारीहिरुले केन्द्रीय समितिले राखेका मागहरु सहित आज कालिकोट जिल्लाका प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएको हो ।
सामुदायीक बिद्यालयमा कार्यरत कर्मचारीहरु न्यून सेवा सुविधामा काम गर्नुपर्ने, सरकारले सामुदायीक बिद्यालयमा कर्मचारीको दरबन्दी नदिदा व्यवस्थापनमा आएको खर्चबाट तलव खानुपर्ने, लगायतका समस्या तत्काल पुरा गर्न माग गरिएको छ ।
माग प्रति चासो नदिए आगामी भदौ ३ र ४ गते देशै भरीका सामुदायीक बिद्यालयहरु बन्द गर्ने चेतावनी दिईएको समाचार रेडियो चंखेली कालिकोटले पठाएको छ ।