गरिबको सूचीबाट हटाउन २ वटा निवेदन

हुम्ला, २ भदौ (जागरण) । हुम्लामा दुइजनाले गरिबको सुचिबाट आफ्नो नाम हटाइदिन निवेदन दिएका छन् । जिल्लाको सिमकोट गाउँपालिका– १ का बिजय लामा र सर्केगार्ड गाउँपालिका–५ रुद्र बहादुर शाहीले गरिबको सूचिबाट हटाउन निवेदन दिनुभएकोे हो ।
पत्रकार सम्मेलन गर्दै आफ्नो परीवारको नाममा आएको मध्यम गरिबी परीचय पत्र आफु भन्दा निम्न आय भएका अति गरीब ब्यक्तीले नपाएकोले त्यागेको लामाले बताउनुभयो ।
जिल्लामा ४ हजार, ५ सय, ६० परिवार मध्ये हाल जिल्लाका २ जनाले गरिबको सूचिबाट हटाउन निवेदन दिएको जिल्ला समन्वय गरिब घरपरिवार पहिचान व्यवस्थापन तथा वितरण अधिकृत जीवनी शाहीले बताउनुभयो ।