कालिकोट, ६ माघ (रेडियो चंखेली) । महिला स्वास्थ्य स्वयमसेविकाको काम कारबाही तथा स्वास्थ्य आमा समुहका गतिविधिको अभिलेख सुरक्षित राख्न कालिकोटका महिला स्वास्थ्य स्वयमसेविकालाई बाकस वितरण गरिएको छ ।
जिल्लाको पचालझरना गाउँपालिका ६, ७, ८ र ९ वडामा कार्यरत ११ जना महिला स्वास्थ्य स्वयमसेविकालाई बाकस वितरण गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटीको सहयोगमा स्वास्थ्य शिक्षालाई प्रभावकारी बनाउन विभिन्न सामग्रीसहित बाकस वितरण गरिएको स्वास्थ्य चौकी नानिकोटका इन्चार्ज जन्मऋषि न्यौपानेले जानकारी दिनुभयो ।