सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने

सुर्खेत, ९ फागुन (जागरण) । सरकारले सुर्खेत लगायत तीन वटा जिल्लामा मेडिकल कलेज स्थापनाका लागि प्रक्रिया अघि बढाएको छ । ३ वटा मेडिकल कलेज स्थापनाका लागि दरबन्दी र अस्थायी कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।


मन्त्रीपरिषद्को बैठकले सुर्खेतसहित महोत्तरीको बर्दिवास, रुपन्देहीको बुटवलमा स्थापना गर्ने भएको हो । सरकारी मेडिकल कलेज स्थापना गर्न ९ जनाको दरबन्दी कायम गर्ने र अहिलेलाई १० करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।