सरकारी काममा पारदर्शिता अनि सुशासन कायम गरिनुपर्छ भनिन्छ र सोही अनुसार विभिन्न निती नियमहरु पनि बनाईएको छ । नेपाल विश्वमा भ्रष्ट्राचार गर्ने मुलुकमध्ये १ सय २२ औँ स्थानमा पर्छ । भ्रष्ट्राचार निर्मूल पार्न भन्दै राजनितिक नारा पनि नबनेका होईनन् तर भ्रष्ट्राचार बढ्दै गईरहेको छ । केही दिन अघि मात्रै मालपोत कार्यालय सुर्खेतका दुई जना कर्मचारी दुई लाख घुससहित अख्तियारको फन्दामा परेका छन् । यसै विषयमा हामीले भ्रष्टाचार न्युनिकरण गर्नका लागि कस्ले के गर्नुपर्ला ? भनेर सोधेका छौँ । पढ्नुहोस् जनताको आवाज जस्ताको तस्तै ।
–इन्द्रा कँडेल, वीरेन्द्रनगर १२ सुर्खेत । कर्मचारीहरुको सेवासुविधा बढाउनुपर्छ । किनकी उनीहरुलाई अभाव रहेछ भन्ने ठान्न सकिन्छ । उनीहरुलाई पुग्दो खालको सेवा सुविधा दिइनुपर्छ ।
–मनिकला सापकोटा, वीरेन्द्रनगर १२ सुर्खेत । घुस लिने मात्रै हाइन दिनेलाई पनि कारबाही गर्नुपर्छ । किन भने सरासर नियमसंगत काम हो भने त घुस दिनै पर्दैन । तर कुनै प्रक्रिया नपुगेकाले त घुस दिएर काम गराउन लगाइने भयो । सेवाग्राहीको पनि यसमा दोष छ ।
–दुर्गा लामिछाने, वीरेन्द्रनगर ११ सुर्खेत । पहिलो कुरो जनतालाई चेतनामूलक कार्यक्रममार्फत् सचेत गराउनुपर्छ । अनि कानून दह्रो गरी कार्यन्वयनमा ल्याउनु्पर्छ ।
–प्रेम कुमार आचार्य । राजनितिक संरक्षण हुनुहुँदैन ।