यी हेर्नुस् प्रदर्शन भइरहेछ सामाजिक कथानक चलचित्र अछुत् (भिडियो)

सुर्खेत २३, फागुन (जागरण) । सामाजिक विभेदविरुद्धको अभियानअन्तर्गत सुर्खेतमा निर्माण गरिएको चलचित्र अछुत अहिले विभीन्न ठाउँमा प्रदर्शन भइरहेको छ ।

विभीन्न स्थानिय तहसँगको सहकार्यमा अछुत् निःशुल्क प्रदर्शन भइरहेको हो ।
समाजमा रहेको विभेद न्युनिकरण गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्र हेरेपछि जातिय रुपमा हुने विभेद अन्त्य गर्नमा केही सहयोग पुग्नसक्ने प्रतिक्रिया आएको निर्माण टीमले जनाएको छ ।
२१ औँ साताब्दीमा आईपुग्दा पनि समाजमा जातिय विभेद ब्याप्त मात्रामा रहेको भन्दै यसलाई न्युनिकरण गर्न कानुनले मात्र नसक्ने भएकाले मान्छेहरुको शोचाई र चिन्तनमा परिवर्तन ल्याउन चलचित्रले महत्वपुर्ण भुमिका खेल्न सक्ने जानकारी चलचित्रका लेखक तथा निर्देशक बालकृष्ण सुनारले जानकारि दिनु भयो ।

यो चलचित्र हेरेपछि हाम्रो समाजमा रहेका केही रुढिवादी संस्कारमा परिवर्तन आउन सक्ने र मान्छेले मान्छेलाई मानवतावादी दृष्टिकोणले हेर्न प्रेरित गर्ने कुरा उहाँले बताउनु भयो ।
काँक्रेविहार मुभिहाउस सुर्खेतले उत्पादन गरेको चलचित्रमा संजीब बराल र सपना सापकोटाको प्रमुख भुमिका रहेको चलचित्रमा प्रेमदेव गीरी, गणेश भक्त गौतम, प्रकास पौडेल, अकबर खान, गिता कटुवाल, जिवन वि.सि., शेरबहादुर आचार्य, खगेन्द्र के.पी., रेखा कोईराला दीपेन्द्र ओलीलगायत दुई दर्जन भन्दा बढि कलाककारहरुको अभिनय छ।
यस्तै स‌ंगीत तिलक गन्धर्व, द्वन्द्व निर्देशक विशाल सानु श्रेष्ठ, सम्पादन वलभद्र वौडेल, छायांकन अकवर खानले गर्नुभएको छ ।

भिडियोमा हेर्नुस् नागरिकको प्रतिक्रियाः