सुर्खेत, २३ फागुन (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा कृषि तथा खाद्य सुरक्षा आयोजनाका सिकाईहरुबारे दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ ।
कृषि तथा खाद्य सुरक्षा आयोजनाका सिकाइहरु तथा स्थानीय तहमा यसको मुलप्रवाहिकरणका सम्भावनाबारे कार्याशाला गोष्ठी गरिएको हो ।
गोष्ठीमा लेकवेसी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका, सिम्ता गाँउपालिका र चौकुने गाँउपालिकाका प्रमुख र वडाअध्यक्षहरुको सहभागिता रहेको कृषि तथा खाद्य सुरक्षा आयोजनाका जिल्ला प्राविधिक अधिकृत सुन्दर झाले बताउनुभयो ।
उहाँका अनुसार आयोजनाको प्रमुख उद्देश्य बालीको उत्पादकत्व बढाउने, कृषकहरुको आर्यआर्जन बढाई उनीहरुलाई आत्मनिर्भर बनाउने रहेको छ ।
यसका साथै कार्यक्रम लागु भएका स्थानमा पोषणको अवस्थामा सुधार ल्याउने कार्यक्रम समेत जोडिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्राविधिक अधिकृत कृष्णबहादुरनगरकोटी, हरिलाल ढकाललगायतका प्राविधिकले कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।