ट्युमर पिडित खत्रीलाई प्रवासबाट सहयोग जुट्न शुरु

सुर्खेत, २१ चैत (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडानम्वर १५ का लालबहादुर खत्रीको उपचारका लागि प्रवासबाट सहयोग जुट्न शुरु भएको छ ।

ब्रेन ग्रन्थीमा भएको ट्युमरको कारण पीडित खत्री उपचार गर्ने रकम अभावका कारण सहयोगका लागि भौतारिरहनुभएको छ ।खत्रीको उपचारका लागि भारतमा रहेका गुराँस गाउँपालिका निवासी र बर्दियाका नागरिकहरुले सहयोग रकम संकलन शुरु गरेका छन् ।

भारतको गजरातमा रहेका आफुहरुले पहिलो चरणमा ११ हजार ५ सय ५२ रुपैयाँ संकलन गरी पठाएको त्यहाँबाट जयराम केसीले बताउनुभयो ।

 

पहिला आँखाबाट शुरु भएको समस्या विभिन्न ठाउँमा जाँच गराउँदा पनि पत्ता नलागेको र सवै रकम सकिएपछि बल्ल ब्रेन ग्रन्थीमा ट्युमर भएको पत्ता लागेको खत्रीले बताउनुभएको छ ।

ट्युमर भएको पत्ता लागेको तीन महिना भयो । जतिसक्दो छिटो शल्यक्रिया गर्नुपर्ने डाक्टरले सुझाव दिएको भए पनि आफूसँग रकम नभएकाले उपचार हुन नसकेको उहाँले बताउनुभयो ।

‘पहिला चेकजाँच गर्दागर्दै पैसा सकिसक्यो, पैसा सकिएपछि बल्ल ट्युमर भएको थाह भयो’ उहाँले भन्नुभयो, ‘ऋण कर्ज गरेर गर्ने ठाउँ पनि छैन ।’ समस्यामा रहनुभएका खत्रीले उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गर्नुभएको छ ।

रोग पत्ता नलाग्दै दुई देखि तीन लाख खर्च भइसकेपछि अहिले उपचार गर्न समस्या भएको उहाँले बताउनुभयो । खत्रीको उपचारका लागि तत्काल ३ लाख रुपैयाँ आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

खत्रीको उपचारमा सहयोग गर्नका लागि गरिमा विकास बैंक शाखा सुर्खेतको खाता नं. ०७२०१९००७५२१५९०००००१ सहयोग गर्न सकिनेछ ।

उहाँका आफन्तसँग कुरा गर्न ९८६८००६१५३ मा कुरा गर्न सकिनेछ ।

यो पनि पढ्नुहोस्: 

रकम अभावले अस्पतालबाट फिर्ता, सहयोगको याचना