नौ महिनामा साइवर अपराधका १० उजुरी

सुर्खेत, ५ वैशाख (जागरण) । सामाजिक सञ्जाल (फेसबुक, ट्विटर लगायत) को प्रयोगले व्यापकता पाएसँगै यसको दुरुपयोग बढ्न थालेको छ ।
चालु आर्थिक वर्षको नौ महिनामा कर्णाली प्रदेशमा साइबर अपराधका १० वटा उजुरी परेका छन् । सबै भन्दा बढी सुर्खेतबाट उजुरी परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


प्रदेश प्रहरी प्रमुख महेशविक्रम शाहका अनुसार सुर्खेतमा ८ र रुकुम पश्चिम तथा जुम्लामा एक÷एक वटा उजुरी परेका हुन् ।
पछिल्लो समय प्रविधिको विकाससंगै साइबर अपराधका उजुरी पनि बढ्न थालेको प्रदेश प्रहरी प्रमुख शाहले बताउनुभयो ।
उहाँले सामाजिक सञ्जाल मार्फत अश्लिल फोटो पोष्ट गर्ने, फेक आइडी बनाएर दुरुपयोग गर्ने जस्ता घटना भएको बताउनुभयो ।
उजुरी परेपनि उपकरण र विशेषज्ञ व्यक्तिको अभावमा छानबिनको काम काठमाण्डौँ हुने गरेको छ । यसले गर्दा आफूले उजुरी दिएपनि छानविनमा सास्ती हुने गरेको उजुरीकर्ताको गुनासो छ ।