गितले समाजको यर्थातलाइ झल्काउ सक्नुपर्छः गायक धिरेन्द्र शाही

प्रभा रावत ।

सुर्खेत, २१ वैशाख(जागरण) । कला साहित्य अन्तरगत आज हामीले गायक धिरेन्द्र शाहीको सागिंतिक यात्राका विषयमा चर्चा गर्दैछौँ ।
प्रश्तुत छ, प्रगतिशिल गितलाई प्राथमिकतामा राखेर सांगितिक यात्राको तय गर्नुभएका शाहीसँगको कुराकानी पछी तयार परिएको यो सामग्री ।

जनताका पिडालाई गित मार्फत नै प्रश्तुत गर्न रुचाउने, प्रगतिशिल गितलाई पहिलो प्राथमिकतामा राखेर गायन क्षेत्रलाई निरन्तरता दिनुभएका गायक धिरेन्द्र शाही । दैेलेखको ठाटिकाधँ गाउँपालिका वडा नं ६ मा जन्मिनुभएका शाही स्कुले जिवन देखि नै गायन क्षेत्रप्रति निकै नै चासो राख्नुहुनथ्यो । शाहीको नेपाली वाजा बासुरीबाट गायन क्षेत्रको उदय भएको हो ।
नेपाली एकल गित, देउडा गित, तथा लोकगितमा स्वर दिएको भएपनि प्रगतीशिल गितकै माध्यामबाट आफुलाई स्थापित गराउने उहाँको लक्ष्य छ ।

देउडा गितलाई क्यासेटमा रेकर्ड गरेर २०६२ सालदेखि १६ बर्षको उमेरबाट गायन क्षेत्रको सुरुवात उहाँले गर्नुभयो । पुरातन सोचाईले ग्रस्त समाजमा गित गाउनु हुदैन भन्ने धारण थियो । तर पनि उहाँलाई आफ्नो लक्ष्य पुरा गर्न कसैले रोक्न सकेन । र त गितमार्फन नै जनताका पिडा सुनाउन थाल्नुभयो ।
नेपाली गित संगितले यर्थातलाई झल्काउन सक्नुपर्छ । समाजमा घटेका घटनालाई प्रत्यक्ष संगितमा उर्तार्न सक्नुपर्दछ, उहाँ भन्नुहुन्छ । गित संगितले समाज परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।
पछिल्लो समय लोकगितले वास्तविकता दर्साउन नसकेको उहाँको बुझाइ छ । उहाँका प्रगतिशिल गितमा प्रायः यर्थातलाई झल्काउन खोजेको पाईन्छ । प्रायः गरि उहाँका गितमा वास्तविक घटनाक्रम समेटिएका छन् ।
भारतले नाका बन्दी लगाउनु र भुकम्पले थलिएको नेपाललाई मध्यनजर गर्दै गायक प्रगतिशिल गतिले उहाँलार्य सांगितिक क्षेत्रमा अझै प्ररणा प्रदान गरेको छ ।
शाहीका अनुसार पछिल्लो समय कलाकारिता क्षेत्रमा धेरै सहजता सिर्जना भएको छ । समय र प्रविधीको विकास सँगै कलाकारले भावी पुस्ताका लागी पनि प्ररणा दायक हुनुपर्ने उहाँको बुझाइ छ ।

अडियाे सुनाैः