गौहत्यामा संलग्नलाई कारबाही गरः साँसदहरु

सुर्खेत, २२ भदौ (जागरण) । कर्णाली प्रदेशका सांसदहरुले केहि दिन पहिले देखि चर्चाको बिषय बनेको गौहत्या बिषयमा सत्यतथ्य बाहिर आउनुपर्ने बताएका छन् ।
कर्णाली प्रदेश सभाको चौथो अधिवेशनको पच्चीसौँ वैठकमा विशेष समय लिएर बोल्ने अधिकांस सांसदहरुले गौहत्याको विषयमा यस्तो धाराणा राखेका हुन् ।
काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले अहिले भइरहेको गौहत्याले कर्णालीको लाज भइरहेको भन्दै गौहत्या वर्जित भएकाले यसको छानबिनबाट सत्यतथ्य बाहिर आउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले कर्णाली प्रदेशका जनताले समृद्धि र विकासको आशा राखेको भएपनि सरकारले कुनै लछारपाटो लगााउन नसकेको बताउनुभयो ।
यस्तै साँसद् सीता कुमारी नेपालीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गाई पठाउने, दैलेखले मगाउने, सुर्खेतलाई डम्पिङ साईट बनाउन मिल्छ ? भन्दै प्रश्न गर्नुभएको छ ।
साथै उहाँले बाढिपीडितको बारेमा हरेक प्रकारका विकल्प खोज्ने भनी झुटा आश्वासन दिने र काम नगर्ने भएकाले सरकारले छिटो कदम चलाउनुपर्ने बताउनुभयो । सांसद देवि ओली, ठम्मरबहादुर विष्ट, शुसिलकुमार थापा, यज्ञबहादुर विसीलगायतले पनि आफ्नो भनाई राख्नुभएको छ ।
यसैबीच, कर्णाली प्रदेशसभाको बैठकबाट प्राङ्गारिक कृषि सम्बन्धीको विद्येयक बहुमतले पारित भएको छ । अव प्रदेशसभाको अर्को बैठक पर्सी भदौ २४ गते दिउँसो ३ बजे सम्मका लागि स्थिगित भएको छ ।