जुम्लामा जडीबुटी प्रशोधन उद्योग संचालनमा

जुुम्ला, २३ भदौ (जागरण) । जुम्लाको पातारासी गाउँपालिका–२ तल्फीगाउँमा जडीबुटी प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ ।
प्रशोधन उद्योग संचालनमा ल्याएपछि कर्णालीमै पाइने जडीबुटीको बजारीकरण हुने भन्दै नागरिकहरु खुसी भएका छन् । उनिहरुले अब विकासको गति अगाडी बढेको जस्तो अनुभुती भएको प्रतिक्रिया दिएका छन् ।
उद्योग सुभारम्भ गर्दै कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले उद्योग संचालनले कर्णालीकै मुहार फेरिने बताउनुभएको छ ।
मन्त्री बुढाले जडीबुटी उद्योगको निरन्तरताका लागि प्रदेश सरकारले आवश्यक लगानी गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
कर्णालीमा उद्योग, कलकारखाना नभएकाले बेरोजगारी बढेको भन्दै उहाले अब रोजगारी सिर्जनाका लागि साना लगानीका उद्योग स्थापनामा सरकारको ध्यान केन्द्रीत हुने बताउनुभयो । जुम्लामा स्थापना भएको छन्चरीहाल्ना जडीबुटी प्रशोधन उद्योगले जटामसीको तेल उत्पादन गर्ने छ ।
विशेषगरी जटामसी, चालिसपत्रे, सुनपाती, देवदारलगायत जडीबुटीको तेल उत्पादन हुने उद्योग संचालन समितिकाका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो ।