पंख बहादुर शाही
सुर्खेत, २८ भदौ (जागरण) । सुजथाभावी फालिने फोहर र सडकका खाल्डाखुल्डीका कारण सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका विभिन्न स्थान दुर्गन्धित बनेको स्थानीयले बताएका छन् ।
विभिन्न गल्लिहरुमा फालिने फोहोर, प्लास्टिकमा जमेको पानी र खाल्डाखुल्डीका कारण हिडडुल गर्न समस्या भएको स्थानीयको भनाई छ ।
स्थानीय कालिबहादुर मल्लले नगरपालिकाले समयमै ध्यान नदिए नागरिकहरुले अझै सास्थी बेहोर्नुपर्ने बताउनुभयो ।
अर्का स्थानीय खगिसरा मगरले वीरेन्द्रनगरका केही ठाउँमा फोहर र दुर्गन्ध हटाई नगरपालिकालाई सुन्दर बनाउन लाग्नुपर्ने सुझाव दिनुहुन्छ ।
विशेषगरी नकुहिने वस्तुहरुको व्यवस्थापन हुन नसकेको स्थानीय बताउछन् । मंगलगढीचौक नजिक रहेको बसपार्कमा सबैभन्दा धेरै फोहर हुने गरेको भन्दै नगरपालिकाले सबैभन्दा बढी ध्यान त्यहाँ दिनुपर्ने स्थानीयको भनाई छ ।
यता, वीरेन्द्रनगर नगरपालिकाले भने फोहर व्यवस्थापनका लागि धेरै कामहरु भएको बताएको छ । नगर–प्रमुख देवकुमार सुवेदिले नगरपालिकाले नीजि क्षेत्रहरुसँगको सहकार्यमा भ्याली भित्रको फोहोर दैनिक उठाइरहेको बताउनुभयो ।
उहाँले बिभिन्न ठाउँमा डम्पिङ साइड, डस्बिन राखिएको भन्दै विगतभन्दा वीरेन्द्रनगर सफा हुदै गएको दाबी गनुभएको छ ।